logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी : गर्मी बिदा ३ दिन थपियो, शुक्रबारसम्म विद्यालय नखुल्ने


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका विद्यालयमा गर्मी बिदा ३ दिन थप गरिएको छ ।

गर्मी अत्यधिक बढेपछि नगरपालिकाले गएको आइतबारदेखि आज मंगलबारसम्म नगरभित्रका सम्र्पूण विद्यालयमा गर्मी बिदा दिएको थियो । नगरपालिकाले आज फेरि सूचना जारी गर्दै गर्मी मौसम कायम नै रहेकाले जेठ २६ गते शुक्रबारसम्म बिदा थप गरिएको जानकारी दिएको हो ।

गर्मी अत्यधिक बढेर बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेपछि जिल्लामा अन्य केही स्थानीय तहले पनि विद्यालयहरु बन्द गरेका छन् ।