लालबन्दी – सर्लाहीको लालबन्दी बजार क्षेत्रमा बेवारिसे भएर हिँड्ने एक किशोरलाई सोमबार मानव सेवाश्रम हरिवन पठाइएको छ ।
केही समयदेखि लालबन्दी बजार क्षेत्रमा बेवारिसे अवस्थामा रहेका अन्दाजी १९/२० वर्षका युवकलाई उद्धार गरी हरिवनस्थित मानव सेवाश्रममा पठाइएको लालबन्दी ७ का वडाध्यक्ष कृष्ण कार्की (गोपाल) ले जानकारी दिए । प्रायः टाउको हल्लाइरहने र बोल्न नजान्ने ती किशोरलाई लालबन्दी बजारको डुमडुमे मन्दिर अगाडि क्षेत्रबाट सोमबार साँझ उद्धार गरेर हरिवन १ कैलाशपुरीमा रहेको मानव सेवाश्रममा पठाइएको हो ।
जनप्रतिनिधि, प्रहरी, महिला अगुवालगायतको रोहबरमा ती किशोरलाई मानव सेवाश्रममा पठाइएको मेची महाकाली संयुक्त बुहारी आवाजकी रमा दाहालले बताईन् ।