फाइल तस्बिर ।
बागमती – सर्लाहीको बागमती नगरपालिका–४, रेम्बो टोलमा आइतबार मध्यान्ह आगलागी हुँदा ३ लाख बराबरको परबल जलेर नष्ट भएको छ ।
स्थानीय रामकृपाल यादवले आफ्नै बारीमा मकैको सुकेको ढोडमा लगाएको आगोले साँधमा रहेको वीरबहादुर मोक्तानको १३ कठ्ठा र किसुन महतोको १५ कठ्ठाको परबल जलेर नष्ट भएको हो ।
मध्यान्ह ११ः२० बजेतिर भएको आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।