logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीको सिस्वा गाउँमा सरसफाई


  • उज्यालो अभियान

जब्दी – सर्लाहीको लालबन्दी नगरपालिका–३, सिस्वा गाउँमा शनिबार सडक सरसफाई गरिएको छ ।

यसअघि पहिलो हप्ता सोही वडाको जब्दी भैरवपुर गाउँमा सरसफाई गरिएको थियो । शुक्रबार दोस्रो सातामा सिस्वा गाउँको बाटोघाटो सफाई गरिएको हो ।

वडाध्यक्ष तथा सरसफाई समितिका अध्यक्ष वुद्धदेव चौधरीको नेतृत्वमा भएको सरसफाई अभियानमा सरसफाई समितिका पदाधिकारी, कांग्रेस लालबन्दी ३ का वडा सभापति मोहन चौधरी, गाउँका भद्रभलाद्मी तथा स्थानीयको उपस्थिति रहेको थियो ।