logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा गर्मी बढेको बढ्यै, राति सुत्न समेत गाह्रो


  • उज्यालो अभियान

सर्लाहीको सोल्टीमा गर्मी छल्न चौतारोमा बसेका सर्वसाधारण । तस्बिर : उज्यालो अभियान

लालबन्दी – अघिल्ला दिनहरुमा झैँ सर्लाहीमा आज पनि बिहानैदेखि चर्को घाम लागेर अत्यधिक गर्मी छ ।

यस क्षेत्रमा गएको सोमबार देखि यसरी अत्यन्तै गर्मी बढेको हो । गर्मीले आम मानिस रातदिन छटपटाइरहेका छन् । बाहिर हिँड्दा चर्को घाम र घरभित्रै बस्दा घर तातेर बस्न सक्ने अवस्था छैन् । गर्मीले मानिस असिनपसिन भएर बसेका छन् ।

राति समेत हपक्क गर्मी हुँदा मानिस सुत्न सकिरहेका छैनन् । यो वर्ष जमिन भिज्ने गरी पर्याप्त वर्षा हुन नसकेकाले असाध्य गर्मी महसुस भइरहेको सर्वसाधारण बताउँछन् । यो गर्मीमा घरबाहिर निस्कनुपर्ने किसान तथा मजदुर, विद्यार्थीलगायत झन बढी प्रभावित बनिरहेका छन् ।

जिल्लामा पानी पर्दा एक÷दुई दिन शित्तल भएपनि त्यसपछि पुनः हपक्क भएर गर्मी बढ्ने गर्छ । गर्मीले मानिस बिरामी नै पर्ने अवस्था छ ।

चिकित्सकले यो बेला प्रशस्त पानी पिउन र तातो हावा चलेको तथा चर्को घाम लागेका बेला सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन् । तर दैनिक मजदुरीमा निस्कनुपर्नेहरुलाई यि सबै कुरा सहनुपर्ने अवस्था छ ।