logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हरिवनका मेयर कमल बुढाथाेकीका छाेरा ठगी आराेपमा पक्राउ


  • उज्यालो अभियान

हरिवन, जेठ १७ – वैदेशिक राेजगारीमा पठाईदिने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर ठगी गरेकाे भन्दै हरिवनका युवा निराेज बुढाथाेकीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

सर्लाहीकाे हरिवन नगरपालिकाका मेयर कमल बुढाथाेकी (रमेश) का जेठा छाेरा निराेजलाई मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडाैंकाे टाेलिले पक्राउ गरेकाे हाे । बुढाथेकीले सर्बिया पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग १२ लाख रूपैंया ठगी गरेकाे आराेपमा पक्राउ गरिएकाे प्रहरी स्राेतले जनाएकाे छ ।

प्रहरीका अनुसार काठमाडौं सिनामंगलबाट पक्राउ परेका बुढाथाेकीलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।