लालबन्दी – सर्लाहीको लालबन्दीमा सोमबार नेपाल राष्ट्रिय शिक्षक संगठनले लालबन्दी नगरपालिकाभित्रका विद्यालयमा खटिएर आएका ७ जना नयाँ शिक्षकलाई सम्मान गरेको छ ।
निम्न माध्यमिक तहका २ जना र प्राथमिक तहका ५ जना गरी ७ जना शिक्षकलाई सम्मान गरिएको हो । जानकी माध्यमिक विद्यालय लालबन्दी ७ मा बसेको शिक्षक संगठनको बैठकमा उनहरुलाई नगरभित्र स्वागतसहित सम्मान–पत्र दिएर सम्मान गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन लालबन्दीका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।
आचार्यकै अध्यक्षता तथा संगठनका जिल्ला अध्यक्ष भरत महतोको प्रमुख आतिथ्यतामा आयोजित बैठकले नेपाल शिक्षक महासंघको आसन्न निर्वाचनमा लालबन्दीबाट पुनः वर्तमान अध्यक्ष केदार घिमिरेकै नेतृत्वमा निर्वाचनमा होमिने निर्णय भएको आचार्यले बताए ।