कोइरालालाई सम्मान गरिँदै ।
जुटपानी – सर्लाहीको जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका संरक्षक बासुदेव शरण कोइरालालाई ‘सर्लाही उज्यालो अभियन्ता’ सम्मानबाट सम्मान गरिएको छ ।
उज्यालो अभियान दैनिक तथा उज्यालो अभियानले वार्षिक उत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्ने गरेको यस सम्मान यो वर्ष पुराना राजनीतिज्ञ तथा समाजसेवी कोइरालालाई प्रदान गरिएको हो । चौंथो वार्षिक उत्सवको अवसरमा सोमबार दिउँसो आश्रम परिसरमै एक कार्यक्रमको आयोजना गरी उज्यालो अभियान मिडिया नेटवर्क प्रा.लि. का अध्यक्ष टंकबहादुर क्षेत्री र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भएर कोइरालालाई सम्मान गरे ।

कार्यक्रमको उद्घाटन हुँदै ।
जिल्लाको एउटा ऐतिहासिक व्यक्तिको छवी बनाएका कोइरालालाई अभिनन्दन–पत्र र दोसल्लाबाट सम्मान गरिएको उज्यालो अभियान दैनिकले जनायो । कोइरालाकै संरक्षकत्वमा अहिले पनि जुटपानीको सो आश्रममा वृद्धवृद्धासहित ५५ जना भन्दा बढीको पालनपोषण भइरहेको छ ।

कार्यक्रमका अतिथि, आश्रममा आश्रीत वृद्धवृद्धा र अन्य ।
कार्यक्रममा सर्लाही प्रहरीका प्रमुख नरेशराज सुवेदी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुंगेल, भैरवीदल गण पाँचकुमारी ब्यारेकका सेनानी कृष्ण पन्थ, आश्रमकी संरक्षक मन्जु कोइराला, व्यवस्थापक भवानी कोइराला, पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शंकर श्रेष्ठ र सन्तोष सिंह, प्रेस सेन्टरका केन्द्रीय सदस्य जनार्दन पोखरेललगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका संचालक र अन्य ।
सो कार्यक्रममा युवा नेता बलिराम झा, नेपाल पत्रकार महासंघका मधेश प्रदेश कोषाध्यक्ष विश्वनाथ ठाकुर, प्रेस काउन्सिल मधेश प्रदेशकी सदस्य बन्दना, अकोराब मधेश प्रदेशका अध्यक्ष मनोज यादव, डाक्टर गुणेश्वर झालगायतले मन्तव्य राखे ।

कार्यक्रम सकिएपछि सामूहिक तस्बिर खिचाइँदै ।
उनीहरुले सर्लाहीमा बेग्लै पहिचान बनाएर अघि बढेको उज्यालो अभियान दैनिक तथा अनलाईनको आगामी यात्रा थप सफल रहोस् भनी शुभकामना व्यक्त गरेका छन् । संस्थाका संचालक सिंहबहादुर थापा (श्रवण) को संचालन तथा अर्का संचालक अच्यूतम सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।