मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा सोमबार बिहान विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ ।

गणतन्त्र दिवस २०८० मूल समारोह समितिमार्फत गणतन्त्र दिवस हर्षोल्लासपूर्वक मनाइएको हो । दिवसका अवसरमा बिहान सबैभन्दा पहिले प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत् बिरामीलाई फलफूल वितरण गरिएको छ ।

त्यसपश्चात सदरमुकाम मलंगवा बजारमा प्रभातफेरि निकालेर जिल्ला प्रशासन कार्यालय परिसरमा शहीदहरुको तस्बिरमा माल्र्यापण, झण्डोतोलन र रक्तदान कार्यक्रम सम्पन्न गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताए । रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका कार्यालयका कम्प्यूटर अपरेटर मुकेश यादवले जानकारी दिए ।

यि कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्रकुमार महतो, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुरक्षा अधिकारी, नागरिक समाजका अगुवा, संचारकर्मी, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

गणतन्त्र दिवसको अवसरमा आज (सोमबार) बेलुका प्रत्येक कार्यालयमा दीप प्रज्वलन गरिने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आज बेलुका सम्पूर्ण नागरिकलाई आ–आफ्नो घरमा दीप प्रज्वलन गरी गणतन्त्र दिवसको उत्सव मनाउन आग्रह समेत गरेको छ ।
