logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भरत तालको एक छेउबाट बाँध फुट्यो


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमती नगरपालिका–१२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) को एक छेउबाट आइतबार बाँध फुटेको छ ।

दिउँसो तालको दक्षिण–पश्चिम भागबाट बाँध फुटेको हो । पानीको मात्रा धेरै भएका कारण एक्कासी बाँध फुट्दा दक्षिणतर्फ खन्दै गरिएको तालकै अर्को खाल्डोमा पानी जमेको छ भने बाटो, रेलिङ र दुईवटा बिजुलीको पोलमा क्षति पुगेको छ ।

बाँध फुटेर तालभित्र पानी घटेपछि आइतबार दिउँसोदेखि तालमा बोट (डुंगा) बन्द भएका छन् । बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले तालभित्र निर्माण भइरहेको होटलबाट सेफ्टी ट्यांकीसम्म पाइप निकाल्नका लागि मजबुतसँग बाँध नसकिएको ठाउँबाट बाँध फुटेको उज्यालो अभियानसँग बताए ।

थापाले सोमबारसम्म बाँध कसेर बोटहरु पुनः संचालनमा ल्याइने दावी गरेका छन् । यो ताल पछिल्लो समय स्थानीय र भारतीय पर्यटकका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ ।