बयलवास – ईश्वरपुर नगरपालिकामा सुवर्ण घिमिरे सभापति रहने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर समिति चयन गरिएको छ ।
समितिमा यज्ञबहादुर कार्की उपसभापति, जोगनारायण चौधरी सचिव, होमकुमारी मैनाली कोषाध्यक्षसहित अन्य सदस्य रहेका छन् । शनिबार भएको भेलाले सर्वसम्मत रुपमा नगर समिति चयन गरेको हो ।
भेलाले ७ सदस्यीय नगर समिति चयन गरेको जिल्ला संयोजक कमलेश साहले जानकारी दिए ।