logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर समिति चयन


  • उज्यालो अभियान

लालबन्दी – रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार सर्लाहीको लालबन्दी नगरपालिकामा पहिलो पटक नगर समिति चयन गरेको छ ।

लालबन्दी ६ स्थित पुरानो नगरपालिका सभा हलमा भएको प्रथम नगर भेलाले बालकृष्ण कार्की अध्यक्ष रहने गरी १३ सदस्यीय नगर समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सरिता कटुवाल, सचिवमा खेम थापा (सन्तोष) लगायत अन्य सदस्य रहेका छन् ।

भेलाले नगरभित्र पार्टीको संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको सहभागी एक नेताले जानकारी दिए ।