जुटपानी – नेपाल प्रेस युनियनको ३२ औँ स्थापना दिवसको अवसरमा शनिबार सर्लाहीको जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्धाश्रममा फलफूल वितरण गरिएको छ ।
दिवसका अवसरमा शनिबार मध्यान्ह लालबन्दी २ स्थित आश्रममा पुगेर त्यहाँ आश्रीत वृद्धवृद्धासहित ५५ जनालाई फलफूल र फ्रुटी वितरण गरिएको प्रेस युनियन सर्लाहीका सभापति कृष्ण थपलियाले जानकारी दिए । सोही अवसरमा युनियनको मधेश प्रदेश कार्य समितिका सदस्य मुकेश झाले आश्रमलाई व्यक्तिगत तर्फबाट ५ हजार १ सय ५ रुपैयाँ सहयोग समेत गरेका छन् ।
आश्रममा आएर यस प्रकारको सहयोग गर्ने जिल्ला सभापति थपलियासहित अन्य संचारकर्मीलाई आश्रमका संरक्षक बासुदेवशरण कोइराला, व्यवस्थापक भवानी कोइरालालगायतले धन्यवाद् ज्ञापन गरे ।