logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलरामा आगलागीबाट घर जलेर नष्ट


  • उज्यालो अभियान

बलरा – सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने बलरा नगरपालिकामा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ ।

विद्युत् सर्ट भइ आगलागी हुँदा बलरा नगरपालिका–१०, सुदामा गाउँका छोटेलाल भण्डारीको कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको हो । शनिबार बिहान करिव २ बजेतिर भएको आगलागीबाट भण्डारीको घर तथा घरभित्र रहेका सरसामग्री सम्पूर्ण जल्दा पाँच लाख रुपियाँ बराबरको क्षति भएको पीडितलाई उद्वृत गर्दै इलाका प्रहरी कार्यालय गडहीयाले जनायो ।

आगलागी गाउँले र प्रहरी भएर निभाएका थिए । आगलागीपछि भण्डारीको परिवार बिचल्लीमा परेको छ । अग्नी पीडित भण्डारी परिवारलाई तत्काल जनमत पार्टी सर्लाहीका इन्चार्ज एवं बलरा नगरपालिकाका स्थानीय श्रीचन यादवले दस हजार रुपियाँ नगद सहयोग गरेका छन् ।