फाइल तस्बिर ।
बयलवास – सर्लाहीको बयलवासमा उच्च रक्तचाप (ब्लड प्रेसर हाइ) भएका बिरामीलाई शनिबार दिउँसो हेलिकप्टरबाट काठमाठौं लगिएको छ ।
उच्च रक्तचापका बिरामी ईश्वरपुर नगरपालिका ६ का मोहन साहलाई दिउँसो १ बजेतिर हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको हो । साह गम्भीर बिरामी परेपछि सिद्धिविनायक अस्पताल बयलवास लगिएको थियो ।
त्यहाँका चिकित्सकले तत्कालै सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेपछि साहको परिवारले हेलिकप्टर मगाएर काठमाडौं लगेका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासले जनायो ।