logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भक्तिपुर माविमा अपांगमैत्री शौचालय निर्माण


  • उज्यालो अभियान

भक्तिपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ ।

रुपान्तर नेपाल नामक संस्थाले विद्यालयमा छात्रा, अपाङ्गमैत्री र सर्वसुलभ शौचालय निर्माण गरिदिएको हो । संस्थाको सात लाख ७७ हजार रुपियाँ र विद्यालयको लागत सहभागिता एक लाख नौ हजार ५५० रुपियाँ गरी कूल आठ लाख ५३ हजार ५५० रुपियाँमा अपाङ्गमैत्री शौचालय निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक सीताराम दाहालले जानकारी दिए ।

उक्त शौचालय शुक्रबार रुपान्तर नेपालका अधिकृत कृष्णबहादुर थिङले वडाध्यक्ष विश्वनाथ सहनी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बडाललाई हस्तान्तरण गरेका छन् । संस्थाले रङ्गरोगनसहित सम्पूर्ण निर्माण कार्य पूरा गरी हस्तान्तरण गरेको शौचालय प्रयोगमा आएसँगै अपाङ्गता भएका विद्यार्थी र छात्राहरुलाई शौच गर्न तथा महिनावारी भएको बेला सेनेटरी प्याड फेर्न र त्यसलाई नष्ट गर्न सहज हुने विद्यालयले जनाएको छ ।