logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा महिला आयोगको अन्तरक्रिया


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार राष्ट्रिय महिला आयोगको आयोजनामा समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरुको विषयमा अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा दाइजो प्रथा, तिलक, बालविवाह, बोक्सीको आरोपलगायतका प्रथाहरुको न्यूनिकरणसम्बन्धी सरोकारवाला ब्यक्ति तथा संघसंस्थाका प्रतिनिधिबीच अन्तरक्रिया गरिएको हो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष विद्या सिन्हाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख ,सुरक्षा अधिकारी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायत सरोकारवालाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

सहभागी सरोकारवालाहरुले महिला भएकै कारण महिलामाथि हुने हिंसाको अन्त्य नभएसम्म घर, समाज र राष्ट्रको उन्नती तथा प्रगति नहुँने भएकोले समाजमा रहेका सबै प्रकारका विभेद र हिंसाको अन्त्यका लागि तीनै तहका सरकार र समाजका अगुवाहरुको पहत्वपूर्ण भुमिका रहनु पर्ने धारणा राखेका थिए ।

आयोगका अध्यक्ष सिन्हाले नेपालको संविधानले राष्ट्रिय महिला आयोगलाई संवैधानिक मान्यता दिएको, आयोगले देशका सबै क्षेत्रमा महिला अधिकारको संरक्षण र सम्बर्धनका लागि काम गर्दै आएको बताउँदै आयोगले गर्ने काम कार्वाही, उजुरी र कानुनी कार्वाहीका सन्दर्भमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समाजमा विद्यमान दाइजो, तिलक, बालबिवाह, बोक्सी आरोपलगायतका हानिकारक अभ्यासहरु बाट उत्पन्न समस्या, चूनौति तथा समाधानका उपाय र महिलाहरुको संवैधानिक ऐनको विषयमा जानकारी गराए ।