logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भारतीय नागरिकले मन्दिर बनाइदिए


  • उज्यालो अभियान

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका–४, गढाटोलमा एक भारतीय नागरिकको सहयोगमा गढिमाई मन्दिर निर्माण गरिएको छ ।

भारत सीतामढीका अशोक प्रसाद गुप्ताको सहयोगमा गढिमाई मन्दिर तयार गरिएको हो । गुप्ताले करिव १९ लाख रुपैयाँ खर्चिएर गाउँमा गढिमाईको मन्दिर निर्माण गरिदिएका स्थानीय जयमंगल गुप्ताले जानकारी दिए । यसरी गाउँपालिकाभित्र आएर मन्दिर निर्माण गरी धार्मिक, साँस्कृतिक तथा पर्यटकीय विकासमा योगदान पु¥याएको भन्दै चन्द्रनगर गाउँपालिकाले भारतीय नागरिक गुप्तालाई सम्मान गरेको छ ।

भारतीय नागरिक गुप्ताले रंगरोगन समेत गरेर मन्दिर हस्तान्तरण गरेपछि गाउँपालिकाले सम्मान–पत्र प्रदान गरी सम्मान गरेको हो । गुप्ताले व्यक्तिगत खर्चमा मौलिक शैलीमा आकर्षक मन्दिर निर्माण गरिदिएपछि प्रोत्साहनस्वरुप उनलाई गाउँपालिका अध्यक्ष राजकुमार महतोको हातबाट सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

लामो समयदेखि खुला ठाउँमा गढिमाईको पूजा गर्दै आइरहेका स्थानीय भारतीय नागरिक अशोक प्रसाद गुप्ताले मन्दिर निर्माण गरिदिएपछि खुसी भएका छन् ।