हरिवन – सर्लाहीको हरिवनमा बुधबार साँझ लघुवित्तको विरुद्धमा प्रदर्शन भएको छ ।
लघुविद्धका विरुद्ध आन्दोलन गर्न गठित संघर्ष समितिका संयोजक रवी लामाको नेतृत्वमा १०० जना भन्दा बढीको संख्यामा रहेका महिला तथा पुरुषले पूर्व–पश्चिम राजमार्गस्थित हरिवन बजारमा प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले हरिवन चोक नजिकै रहेको स्वावलम्बन लघुवित्तको बोर्ड च्यातिदिएका छन् भने सूर्यदय ओमी लघुवित्तको दुवैको ढोकाको ताला फोड्ने तथा बोड च्यात्ने काम गरेका छन् ।
तत्कालै हरिवनस्थित सशस्त्रका डीएसपी र नेपाल प्रहरीका इन्स्पेक्टरको नेतृत्वमा खटिएको प्रहरी टोलीले थप क्षति रोकेको बुझिएको छ ।