logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

महिला हिंसा तथा अन्य सामाजिक कूरीति नियन्त्रणका लागि छलफल


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा महिला हिंसा, लैंगिक हिंसा, बालविवाह, दाईजो प्रथा सम्वन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

जनजागृति टोल विकास संस्थाका अध्यक्ष रामहरि घिमिरेको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, प्रशासकीय अधिकृत गोपालनाथ श्रेष्ठ, अधिकृत छैंठौँ आशा ढुंगाना खरेल, हरिवन ८ का वडा सदस्य सोनी गुर्मछानलगायतको उपस्थिति रहेको थियो ।

जनजागृति टोल विकास संस्थाका सचिव रोशन भट्राईले संचालन गरेको कार्यक्रमका वक्ताले परम्परागत कूरीति अन्त्यका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।