कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै नेता चूडामणि वाग्ले । तथा मञ्चमा उपस्थित अन्य नेताहरु ।
हरिवन – हुरिबतास सहित पानी पर्दै थियो, धेरै मानिसहरु भागाभाग गर्दै गन्तव्य तर्फ लागे तर बतास अनि पानीको पर्वाह नगरि करिव सय जनाको समूह धैर्यपुर्वक सडक नजिक वसेको थियो ।
बुधबार साँझ सर्लाहीको हरिवनमा मदन-आश्रित स्मृति दिवस मनाउन बसेको समुह थियो त्यो । नेकपा एमाले, ३ नम्वर क्षेत्रीय समन्वय कमिटीको आयोजना र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको व्यवस्थापनमा श्रद्धान्जली तथा दीप प्रज्वलन कार्यक्रम भएको थियो ।
हुरिबतासकै बीच मदन भण्डारी र जीवराज आश्रितको तश्बिरमा माल्यार्पण गरेपछि पनि पानी रोकिएन, उनीहरुले केही ओत खोजेर दीप प्रज्वलन गरे । एकेडेमीका अध्यक्ष अनिल हमालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य राजकुमार उप्रेती र क्षेत्रीय अध्यक्ष चूडामणि वाग्लेले मदन भण्डारीको योगदानको वारेमा संक्षिप्त धारणा राखेका थिए ।
कार्यक्रममा हरिवन र वागमती नगरपालिकाका पार्टी कार्यकर्ताको मुख्य उपस्थिती थियो । एमाले जिल्ला उपाध्याक्ष विदुर प्याकुरेल, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयाग राज पोते, हरिवनकी नगर उप प्रमुख हरिमाया घलान लगायत उपस्थित सवैले दीप प्रज्वलन गरेर नेताहरुको सम्झना गरेका थिए ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा शंकाष्पद् दुर्घटनामा नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवलाल आश्रितको ज्यान गएको थियो । नेकपा एमालेले यो घटनालाई रहस्यमय हत्या भएको दावी गर्दै आएको छ ।
यसै गरि बुधबार बिहान मदन–आश्रित स्मृति प्रतिष्ठानले लालबन्दीमा रहेको आफ्नै भवनमा नेताद्वय भण्डारी र आश्रीतको तश्वीरमा माल्यार्पण गर्दै श्रद्धान्जली कार्यक्रम गरेको थियो । कार्यक्रममा नेकपा एमालेकी सर्लाही इन्चार्ज कमलादेवी महतो, जिल्ला अध्यक्ष राजनारायण साह, उपसचिव प्रकाश थापा प्रतिष्ठानका अध्यक्ष डिल्ली अधिकारी लगायतको उपस्थिती रहेको थियो ।