बागमती – सर्लाहीको बागमतीमा मंगलबार मनसुनजन्य विपद्का सम्वन्धमा पूर्व तयारी कृत्रिम घटना अभ्यास गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको आयोजनामा बिहान बागमतीस्थित निर्माणाधीन माछा पोखरीमा विपद् पूर्व तयारी अभ्यास प्रदर्शन गरी देखाइएको हो । कार्यक्रममा बाढी, डुबानलगायतको समयमा कसरी उद्धार गर्ने ? भनी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा अभ्यास गरेर देखाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।

एसपी सुवेदीका अनुसार कार्यक्रममा विपद्को क्षेत्रमा काम गर्ने नेपाल रेडक्रस सोसाइटीसहित अन्य सामाजिक संघसंस्थाले पनि सहभागिता जनाएका छन् ।

वर्षायाम सुरु भइसकेकाले सुरक्षा निकायले नियमित कार्यक्रम अन्तर्गत विपद् पूर्व तयारी अभ्यास गरेका हुन् ।