logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवन नगरपालिकाको नवौं स्थापना दिवस मनाइयो


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो नवौं स्थापना दिवस सोमबबार विभिन्न कार्यक्रम गरी मनाएको छ ।

नगर स्थापना दिवस दौड, हाजिरीजवाफ र भित्तेपात्रो लोकार्पण गर्दै मनाइएको हो । सोमबार बिहान भएको खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ नगरपालिकाकै कर्मचारी वडा नं. १० का यादव मैनाली पहिलो र महिलातर्फ हरिवन ८ की नवीना भट्टराई पहिलो भएकी छन् ।

हरिवन ४ स्थित गणेश चोकदेखि डाबरी बजारसम्म दौड प्रतियोगिता गरिएको नगरपालिकाका कर्मचारी चित्रबहादुर विश्वकर्माले जानकारी दिए । दौडमा पहिलो हुने मैनाली र भट्टराईलाई शिल्ड र प्रमाण–पत्र प्रदान गरी सम्मान गरिएको छ ।

यस्तै, सोमबार नै नगरपालिकाको भित्तेपात्रो र शैक्षिक भित्तेपात्रो लोकार्पण गरिएको मेयर रमेश बुढाथोकी (कमल) ले बताए ।

यसैगरी, नगर स्थापना दिवसकै अवसरमा आइतबार आयोजना गरिएको अन्तर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा पहिलो हुने सनराईज आवासिय विद्यालय हरिवन ११, दोस्रो हुने युनाईटेड एकेडेमी हरिवन ८ र तेस्रो हुने रामअवतार मावि हरिवन २ लाई सोमबार पुरस्कार वितरण गरिएको छ ।