लालबन्दी – सरकारको देशव्यापी कार्यक्रम अन्तर्गत सर्लाहीका सामुदायिक विद्यालयहरुमा पनि सोमबारबाट सप्ताहव्यापी विद्यालय स्वास्थ्य पोषण कार्यक्रम सुरु भएको छ ।
७ दिनसम्म विभिन्न कार्यक्रम गरी षोषण सप्ताह मनाइने विद्यालयहरुले जनाएका छन् । आज पहिलो दिन प्रायः सबैजसो विद्यालयमा पौष्टिक आहाराहरु प्रदर्शन गरिएको हो । अन्न, तरकारी, फलफूललगायत पौष्टिक आहारा कक्षाकोठामै प्रदर्शन गरेर देखाइएको छ ।
यो अभियान अन्तर्गत समुन्नति परियोजनाले ईश्वरपुर नगरपालिका १२ कालिन्जोरमा रहेको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालयमा महिला सन्जाल, स्वयंसेविका, बाल क्लब र विद्यालयको तर्फबाट संयुक्त रुपमा कार्यक्रम गरेको ग्रामीण नारी उत्थान संघ हरिपुरकी सामाजिक परिचालक विन्दा लुंगेलीले जानकारी दिर्ईन् ।