फाइल तस्बिर ।
जानकीनगर – सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा आज (शनिबार) मध्यान्ह कुखुरा फममा आगलागी हुँदा दुई हजार कुखुरा जलेर मरेका छन् ।
घुरबाट अचानक आगो सल्किँदा जानकीनगरकै महेन्द्र यादवले सञ्चालन गरेको कुखुरा फर्म पूर्णरुपमा जलेर नष्ट भएको हो । आगलागीबाट एक लाख रुपियाँ बराबरको दुई हजार कुखुरा, एक लाख रुपियाँ बराबरकै २० बोरा दाना र कुखुरा फाम, फामभित्र रहेका प्लाष्टिकका भाडा सम्पूर्ण जल्दा दुई लाख रुपियाँ समेत गरी जम्मा चार लाख रुपियाँ बराबरको क्षति भएको पीडितलाई उद्वृत गर्दै इलाका प्रहरी कार्यालय हरिपुरले जनायो ।
गाउँले, सुरक्षाकर्मी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो निभाइएको छ । अत्यधिक तापक्रम बढेर सुक्खा हुँदा जिल्लामा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् ।