logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विद्यालयको ढोका फोडेर कम्प्युटर र खेल सामग्री चोरी 


  • उज्यालो अभियान

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका–३, धनकौलमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा बिहीबार राति चोरी भएको छ ।

ढोकाको चुक्कुल फोडेर भित्र रहेका कम्प्युटर र अन्य सरसामग्री चोरी भएको प्रधानाध्यापक हरिनारायण महतोले जानकारी दिए । अज्ञात व्यक्तिले विद्यालयभित्र रहेको १० थान कम्प्युटर र खेलकुद सामग्री चोरेर लगेका हुन्् ।

शुक्रबार बिहान पठनपाठनका लागि विद्यालयमा पुग्दा कोठाको चुक्कुल बङ्ग्याएर भित्रका सरसामग्री चोरी गरेर लगेको पत्ता लागेको हो । विद्यालयबाट करिव १५ लाख रुपियाँ बराबरको कम्प्युटर र खेल सामग्री चोरी भएको प्रधानाध्यापक महतोको भनाई छ । विद्यालयमा भएको यो चोरीको घटनाले स्थानीय निराश भएका छन् ।

प्रहरीले भने चोरीको घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको जनाएको छ । हरिपूर्वामा एक भारतीय युवकको हत्या भएको एक दिनपछि सामुदायिक विद्यालयमा चोरी भएको हो । बुधबार साँझ हरिपूर्वा नगरपालिका–१, स्थित पथरापुलमा एक भारतीय युवकको टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी यस घटनाको सम्वन्धमा पनि सुक्ष्म ढङ्गले अनुसन्धान जारी राखिएको जनाएको छ । नगरपालिकाभित्र एकपछि अर्को आपराधिक घटना भएको भन्दै स्थानीयले भरपर्दो शान्ति सुरक्षाको माग गरेका छन् ।