logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बहुजन एकता पार्टीको जिल्ला अधिवेशन आगामी जेठ २० गते हुने


  • उज्यालो अभियान

गोडैता – बहुजन एकता पार्टी नेपालको जिल्ला अधिवेशन आगामी जेठ २० गते गर्ने निर्णय भएको छ ।

मंगलबार बरहथवा नगरपालिका–१०, मा बसेको पार्टीको जिल्ला कार्य समितिको बैठकले जेठ २० गते सदरमुकाम मलंगवामा पहिलो जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला अधिवेशनअघि जेठ १५ गतेसम्म स्थानीय तहको र क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको बहुजन एकता पार्टी नेपालको सर्लाही जिल्ला अध्यक्ष सुवोध कुमार हजारीले जानकारी दिए ।

एक वर्षअघि निर्वाचन आयोगमा दर्ता भएको यो पार्टीले सर्लाहीमा पहिलो अधिवेशन गर्ने भएको हो । मंगलबारको जिल्ला समिति बैठकमा नेकपा माओवादी केन्द्र परित्याग गरी गोडैता नगरपालिका–४ बाट वडाध्यक्षका प्रत्यासी राजेश ठाकुर माओवादी पार्टी परित्याग गरी बहुजनमा प्रवेश गरेका छन् ।

ठाकुरलाई बहुजनका वरिष्ठ नेता राजाराम पासवान, जिल्ला अध्यक्ष सुवोध कुमार हजारीलगायत भएर पार्टीमा भित्र्याएका हुन् । मंगलबार बैठक बसेको गोडैता १० मा बहुजन पार्टीबाटै दलित समुदायकी महिला सर्मिला कुमारी राम वडाध्यक्षमा निर्वाचित भएकी थिईन् । दक्षिणी भेगमा पालिकामा यो पार्टीका उम्मेदवार राम्रै मत प्राप्त गर्दै प्रतिस्पर्धामा आएका थिए ।