कौडेना – सर्लाहीको कौडेना गाउँपालिकामा सोमबार साँझ भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
हुलाकी सडक अन्तर्गत कौडेना–२ फूलपरासीमा गोडैताबाट मलंगवातर्फ आइरहेको भारतीय बीआर ०६ पि ६१२५ नम्वरको बलेरोले ठक्कर दिँदा कौडेना ६ की २० वर्षीया प्रियंका कुमारी गम्भीर घाइते भएकी छन् । पैदलयात्री प्रियंकालाई मलंगवामा सामान्य उपचारपछि वीरगन्ज रेफर गरिएको छ ।
दुर्घटनामा संलग्न बलेरो प्रहरी नियन्त्रणमा छ भने चालक फरार छन् ।
यस्तै, कौडेना गाउँपालिका १ मा प्रदेश २–०३ १२ प ८४८१ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा ६ वर्षका रन्जितकुमार मल्ली गम्भीर घाइते भएका छन् । बालकलाई मोटरसाइकल चालकले नै थप उपचारका लागि वीरगन्ज लगेका प्रहरीले जनाएको छ ।