बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–५, स्थित फूलजोरमा ब्याडमिन्टन कोर्ट बन्ने भएको छ ।
त्यहाँ बन्ने ब्याडमिन्टन कोर्टको आइतबार बिहान ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, सर्लाही क्षेत्र नं. १ का निवर्तमान सांसद प्रमोद साह, वडाध्यक्ष पन्ची महतो, एमालेका स्थानीय नेता मिनकुमार गौतमलगायत भएर संयुक्त रुपमा शिलान्यास गरेका हुन् । ब्याडमिन्टन कोर्ट निर्माणका लागि मधेश प्रदेश सरकारले यो वर्ष २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
६० लाख रुपैयाँ लागत लाग्नेमध्ये बाँकी रकम नगरपालिकाले बेहोर्ने र खेलाडी तथा स्थानीयबाट श्रमदान समेत गराइने मेयर आचार्यले बताए । करोड÷डेढ करोड खर्च नगरी ६० लाख भित्रैमा माथिबाट ट्रष्ट हालेर कोर्ट निर्माण गर्ने र खेलाडीहरुलाई स्थानीय स्तरमै खेल खेल्न तथा प्रतियोगिताहरु आयोजना गर्न मिल्ने बनाउन लागिएको मेयर आचार्यको भनाई छ ।