logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा गाडीको ठक्करबाट बेवारिसे महिलाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

लालबन्दी – आइतबार बिहान लालबन्दीमा गाडीको ठक्करबाट एक बेवारिसे महिलाको मृत्यु भएको छ ।

झिसमिसेमै अज्ञात गाडीको ठक्करबाट मागी खाँदै हिँड्ने तराई मुलको जस्तो देखिने अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–९, बस्तीपुरमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनायो ।

महिलालाई ठक्कर दिने सवारीको पहिचान गर्न प्रहरी परिचालन भइरहेको लालबन्दीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक (सइ) भिमराज सुवेदीले उज्यालो अभियानसँग बताए । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।