लालबन्दी – सर्लाहीको लालबन्दी ५ स्थित सामुदायिक परोपकार आँखा उपचार केन्द्रमा ३४ जनाको निःशुल्क रुपमा मोतिया विन्दुको शल्यक्रिया गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाको लालबन्दी ५ जरुवा पानीस्थित भर्खरै निर्माण भएको भवनमा हिजो एक दिने निःशुल्क मोतिया विन्दु अप्रेसन क्याम्प गरिएको हो । रेडक्रसले अस्ती शुक्रबार कार्यालयमै निःशुल्क आँखा परीक्षण शिविर राखेको थियो ।
ती शिविरमा फेला परेका र यसअघि नियमित उपचारका क्रममा फेला परेका समेत गरी ३४ जनाको मोतिया विन्दुको शल्यक्रियासहित चश्मा र औषधि धरी वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सभापति ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।