logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीका सहायक सीडीओ अधिकारीको सरुवा


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।

सहायक सीडीओ हरिप्रसाद अधिकारीको जिल्ला प्रशासन कार्यालय धादिङमा सरुवा भएको हो । उनी गएको वर्ष बैशाख ५ गते सर्लाहीको सहायक सीडीओको रुपमा हाजिर भएका थिए ।

काठमाडौं घर भएका अधिकारीलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको तर्फबाट बिदाई गरिएको छ ।

सर्लाहीमा अब जिल्ला समन्वय समिति दोलखाबाट लालबन्दी निवासी विष्णु घिमिरे सहायक सीडीओको रुपमा आउने जिल्ला प्रशासन कार्यालय मलंगवाले जनायो ।