बलरा – सर्लाहीको सुदूर दक्षिण–पश्चिम भेगमा अवस्थित बलरा नगरपालिकामा बुधबार एउटा विद्यालय भवनको शिलान्यास गरिएको छ ।
बलरा नगरपालिका वडा नं. ८ मा रहेको प्राथमिक विद्यालय बालुवाभारमा बन्न लागेको ८ कोठे भवनको मेयर रामाशंकर प्रसाद कुशवाहाले शिलान्यास गरेका हुन् । विद्यालय भवन तयार गर्न बलरा नगरपालिकाले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
भवन अभावमा पठनपाठनमै समस्या भएपछि नगरले बजेट छुट्याएर भवन तयार गर्न लागेको बलरा नगरपालिका कार्यालयले जनाएको छ । विद्यालयको भौतिक संरचना निकै जिर्ण र अपर्याप्त रहेकाले बलरा नगरपालिकामा अहिले यसरी विभिन्न विद्यालयको भवन निर्माण गर्न शिलान्यास भई काम भइरहेका छन् ।