मलंगवा – नेकपा एमाले सर्लाहीले आफ्ना केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई केही दिनअघि झापा जाँदा सांघातिक हमलाको दुष्प्रयास भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
१३ वैशाखमा झापामा ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले आक्रमण गरेका थिए । एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै आक्रमणको प्रयास गर्ने सबैलाई पक्राउ गरी कानून अनुसार कारवाही गर्न माग गरेका छन् ।
सामाजिक सद्भाव विथोल्ने र राष्ट्रिय एकतालाई कमजोर पार्ने काम तत्काल बन्द गर्न समेत एमालेले सम्वन्धित पक्षलाई चेतावनी दिएको छ । आमक्रमणकारीलाई कारवाही नगरे नेकपा एमालेका लाखौँ कार्यकर्ता मौन भएर बस्न नसक्ने विज्ञप्तीमा उल्लेख छ ।