logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुरमा सय परिवारलाई गाउँब्लक जग्गाको लालपूर्जा वितरण


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ र ११ मा शुक्रबार एक सय परिवारलाई गाउँब्लक जग्गाको लालपूर्जा प्रदान गरिएको छ ।

नापी कार्यालय मलंगवाले वर्षौदेखि भोगचलन गर्दै आइरहेको गाउँब्लक जग्गाको लालपूर्जा प्रदान गरेपछि स्थानीय खुसी भएका छन् । झण्डै डेढ सय जनाको लालपूर्जा बनेकोमा शुक्रबार १०० जना जतिलाई बाँडिएको र शुक्रबारको कार्यक्रममा आउन नभ्याएकालाई कार्यालयमै बोलाइएको नापी कार्यालय मलंगवाका प्रमुख सन्जय मानन्धरले जानकारी दिए ।

नापी कार्यालयका प्रमुख मानन्धर, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, वडाध्यक्षलगायत भएर लालपूर्जा वितरण गरेका हुन् । ईश्वरपुरका मेयर आचार्यले वडा नं. १० का गाउँब्लक वासीलाई पनि छिट्टै लालपूर्जा बाँडिने र भूमिहिनको लगत संकलनका क्रममा विवरण लिइएका नगरभित्रका ७२ सय धरधुरीलाई समेत लालपूर्जा उपलब्ध गराउन पहल भइरहेको बताए ।

नापी कार्यालय मलंगवाले केही दिनअघि मात्रै चन्द्रनगर गाउँपालिका–४, गरहाटोलका ४५ परिवारलाई गाउँब्लक जग्गाको लालपूर्जा प्रदान गरेको थियो ।