मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा आज बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका एक नाबालकसहित अन्य दुई जना घाइते भएका छन् ।
मलंगवा नगरपालिका–१० मा कोठा भाडामा लिई बस्दै आएका ४० वर्षीय अहमद मन्सुरीको कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो । कोठामा आगो सल्कँदा ९ महिनाको छोरीसहित अहमद र उनकी श्रीमती काजुल मन्सुरी जलेर घाइते भएका छन् ।
आगलागीको घटनालगत्तै पुगेको प्रहरी टालीले मन्सुरी परिवारलाई उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्पताल पु¥याइएको प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।
घाइते तीनै जनाको मलंगवामै उपचार जारी छ । उनीहरुको शरीरको १५ प्रतिशत भाग जलेको चिकित्सकले जनाएका छन् ।