logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

डीआईजी भट्टराईको निर्देशन–सीमामा हुने तस्करी र अपराध रोक्नु


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – मधेश प्रदेशका नवनियुक्त प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईले बिहीबार सर्लाहीस्थित सीमा क्षेत्र र त्यहाँ रहेका प्रहरी युनिटहरुको निरीक्षण गरेका छन् ।

यस प्रदेशको प्रहरी प्रमुख भएपछि पहिलो पटक सर्लाही जिल्ला टेकेका डीआईजी भट्टराईले बोर्डर एरियाका प्रहरी चौकीको निरीक्षण गरेका हुन् । महोत्तरीबाट हुलाकी सडक हुँदै सर्लाहीको दक्षिण–पूर्वी सीमाना पर्सा गाउँपालिकाको संग्रामपुर हुँदै छिरेका उनले सीमाका प्रहरी युनिट र जिल्ला प्रहरी कार्यालय मलंगवाका समेत निरीक्षण गरेका बुझिएको छ ।

त्यसक्रममा उनले सीमामा हुने अपराध र तस्करी रोक्न निर्देशन दिँदै जिल्ला प्रहरी प्रमुख (एसपी) नरेशराज सुवेदीबाट जिल्लाको शान्ति सुरक्षा र सीमा क्षेत्रको स्थितिबारे ब्रिफिङ लिएका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो । डीआईजी भट्टराईले राजस्व चुहावट र भन्सार छलीविरुद्ध कडाईका साथ लाग्न निर्देशन दिएका एक सुरक्षा अधिकारीले उज्यालो अभियानसँग बताए ।

उनी नागरिकलाई प्रहरीले गर्ने व्यवहार सरल गर्न पनि निर्देशन दिएर जनकपुर फर्किएका छन् ।