logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पशुपालन सम्वन्धी तालिम प्रदान


  • उज्यालो अभियान

गैर – सर्लाहीको कविलासी नगरपालिकास्थित गैर बजारमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकलाई पशुपालन सम्वन्धी २ दिने तालिम प्रदान गरेको छ ।

संस्थाले ५७ जना महिला ग्राहकलाई सहभागी गराई यस प्रकारको तालिम प्रदान गरेको हो । मंगलबार र बुधबार दुई दिन तालिम भएको हो ।

सीप विकास तथा क्षमता अभिवृद्धि अन्तर्गत पशुपालन सम्वन्धी दुई दिनको तालिम प्रदान गरिएको लक्ष्मी लघुवित्त गैर बजार शाखाका प्रवन्धक सुवास भण्डारीले जानकारी दिए ।