logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चक्रघट्टामा जनस्वास्थ्य प्रयोगशाला संचालन


  • उज्यालो अभियान

सुनिल ठाकुर/चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा जनस्वास्थ्य प्रयोगाशालाको आइतबार उद्घाटन गरिएको छ ।

गाउँपालिका र मधेश प्रदेश सरकारको संयुक्त लगानीमा चक्रघट्टा गाउँपालिका–८, औरही बजारमा निर्माण भएको जनस्वास्थ्य प्रयोगशाला भवनको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले उद्घाटन गरेका हुन् । अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा २०–२० लाख गरी कूल ४० लाख रुपैयाँ बजेट खर्चिएर जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको चक्रघट्टा गाउँपालिकाले जनाएको छ ।

प्रयोगाशाला (ल्याब) स्थापना भएपछि गाउँपालिकावासीले अब स्थानीय स्तरमै सर्वसुलभ रुपमा ल्याब सेवा पाउने गाउँपालिका अध्यक्ष यादवले बताए । प्रयोगशालामा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गरी सेवा दिन थालेसँगै सदरमुकाम मलंगवा वा अन्य बजार क्षेत्रमा धाउनु नपर्ने गाउँपालिका अध्यक्ष यादवको भनाई छ ।

प्रयोगाशालाको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्जिवकुमार यादव, विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।