logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा तीव्र गतिमा हावाहुरी चल्दै, जिल्लाभर बिजुली अवरुद्ध


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीमा अहिले राति ८ बजेतिरबाट तीव्र गतिमा हावाहुरी चलिरहेको छ ।

यहाँको मौसम साँझबाट बद्ली भएको थियो । राति ८ बजेपछि भने मालकमिलिक गरी बिजुली चम्किएर ठूलो हावाहुरी चल्न थालेको हो ।

हावाहुरी चलेपछि जिल्लाभर बिजुली बत्ती गएको छ । यहाँका स्थानीय अहिले पर्याप्त आकाशे वर्षाको प्रतिक्षामा छन् । तर तीव्र गतिमा हावा चल्दा क्षति गर्ने भन्दै ग्रामीण वस्तीमा चिन्ता छाएको छ ।

पानी पर्न नसक्दा यहाँ अत्यधिक गर्मी छ भने धुलो-धुँवाको अत्यधिक प्रदुषण छ ।