बलरा – शनिबार साँझ आगलागीबाट सर्लाहीको दक्षिण–पश्चिम सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिकामा एउटा पोल्टी फर्म पूर्णरुपमा जलेको छ ।
आगोले हथियौलका सन्तोष सिंहले खेतको बीचमा कुखुरा पालन गर्न खोलेको फर्म पूर्णरुपमा जलेको हो । आगलागीको कारण खुल्न सकेको छैन् । खोरसहित अन्य सरसामग्री जल्दा २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका छन् ।
आगलागी गाउँले र त्यहाँको स्थानीय प्रहरी चौकीका प्रहरी भएर निभाएका थिए । सुक्खापन र हावाहुरीले गर्दा सर्लाहीमा अहिले दिनहुँ जताततै आगलागीका घटना भइरहेका छन् ।