logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपांग बालबालिकालाई प्रशिक्षण


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर र ईश्वरपुरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपांग बालबालिकालाई प्रशिक्षण प्रदान गरिएको छ ।

संकल्प परियोजना अन्तर्गत वैशाख ४ देखि ६ गतेसम्म ईश्वरपुरमा र ७ देखि ९ गतेसम्म हरिपुरमा प्रशिक्षण प्रदान गरिएको संकल्प परियोजनाका संयोजक राकेशकुमार महतोले जानकारी दिए ।

यौनिक तथा लैंगिक अल्पसंख्यक र अपांग बालबालिकालाई समाजमा कस्तो व्यवहार भइरहेको र उनीहरुलाई कस्तो व्यवहार गर्नुपर्छ तथा उनीहरुको अधिकार के–के हुन भनी प्रशिक्षण प्रदान गरिएको आयोजक ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।

सहभागीलाई पहिचान नेपालका परियोजना संयोजक अब्दुल सहमद उर्फ नग्मा खानले प्रशिक्षण प्रदान गरेका छन् ।