logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा आगलागीबाट घर जल्यो, दमकल बिग्रिँदा समस्या


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा शनिबार बिहान आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।

बिहान ९ बजेतिर विद्युत् सर्ट भई आगलागी हुँदा हरिवन नगरपालिका–११ बस्ने बद्री न्यौपानेको २ तल्ले काठ, सिमेन्ट र इँटाले बनेको घर पूर्णरुपमा जलेको हो । आगलागी गाउँले र सुरक्षाकर्मी भएर निभाएका छन् ।

आगलागी नियन्त्रणका लागि हरिवन नगरपालिकाको दमकल समेत पुगेको थियो । तर, दमकलमा समस्या आएपछि पानी फाल्न सकेन ।

आगो दन्किरहेका बेला पुगेको दमकल बिग्रिएर पानी नै नफालेपछि आक्रोशित भीडले दमकलमाथि नै ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरी हवल्दार शंकरप्रसाद लम्साल सामान्य घाइते भएका छन् ।

कोखामा चोट लागेर घाइते हवल्दार लम्सालको नमूना अस्पताल हरिवनमा उपचार चलिरहेको छ । हरिवन नगरपालिका कार्यालयले पानी नफालेको दमकल तत्कालै मर्मत गरिने जनाएको छ ।

हरिवन नगरपािलकाको यो दमकल आगलागी नियन्त्रणका लागि जिल्लाभर नै दौडिरहेको छ ।