logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम पानी पर्लाजस्तो भई धुम्मियो, हावाहुरीको त्रास


  • उज्यालो अभियान

सर्लाहीको मनुषमारास्थित हावापानी मापन केन्द्र । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको मौसम अहिले पानी पर्लाजस्तो भई धुम्मिएको छ ।

यस क्षेत्रमा आज हिजोअस्ती जस्तो चर्को घाम लागेन । दिनभर सामान्य हावा चलेर मौसम बद्ली भयो । अहिले साँझबाट यहाँको मौसम पानी पर्लाजस्तो भई अँधेरो भएको हो ।

मौसमको बद्लीसँगै स्थानीयलाई हावाहुरीको त्रास पनि बढेको छ । यहाँका किसान आकाशे वर्षाको बेग्र प्रतिक्षामा छन् । पानी नपर्दा अत्यन्त सुक्खा छ भने वन क्षेत्रमा व्यापक डढेलो र कच्ची सडकका धुलोले असाध्य प्रदुषण छ ।

यसैबीच, मौसममा आएको बद्लीसँगै आज साँझदेखि जिल्लाका केही क्षेत्रमा भने बिजुली बत्ती नै अवरुद्ध भएको छ ।