प्रतिकात्मक तस्बीर ।
बबरगन्ज – सर्लाहीको बबरगन्जमा बिहीबार दिउँसो पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।
चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जमा नुहाउने क्रममा पोखरीमा डुबेर मामाघर आएकी एक बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो १२ बजेतिर स्थानीय रामप्रसाद सिंह दनुवारको पोखरीमा डुबेर सर्लाहीकै गोडैता नगरपालिका–६, बगदह बस्ने अमरेश पटेलकी छोरी वर्ष ११ की गुञ्जन पटेलको मृत्यु भएको हो ।
गुञ्जन चन्द्रनगर गाउँपालिका–४ बस्ने अनुरोध पटेलको घरमा बस्दै आएकोमा आफ्नै हजुरबुवा दुःखा राउत र हजुरआमासँगै उक्त पोखरीमा कपडा धुन र नुहाउन गएका बेला डुबेर मृत्यु भएको हो ।