logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुरमा करेन्ट लागेर एक बालकको मृत्यु


  • उज्यालो अभियान

ईश्वरपुर – ईश्वरपुरमा बिहीबार दिउँसो करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।

ईश्वरपुर नगरपालिका–१५, बस्ने श्याम दासका छोरा वर्ष १२ का आशिष कुमार दासको आफ्नै घरको पङ्खामा रहेको तार छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनायो ।

बिहीबार दिउँसो सबा १ बजेतिर करेन्ट लागेर घाइते भएका बालकलाई गाउँकै एक क्लिनिकमा सामान्य उपचार गरी लालबन्दीस्थित मोडेल अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् ।