लालबन्दी – मालबाहक १० चक्के ट्रककाे ठक्करबाट मृत्यु हुने माेटरसाईकलमा सबार दुईजनाकाे पहिचान खुलेकाे छ ।
मृत्यु हुनेमा माेटरसाईकल चालक महाेत्तरी गाैशाला नगरपालिका-११, भरतपुर निवासी २९ वर्षीय श्रवण कुमार महताे र पछाडी बस्ने उनका भतिजा १२ वर्षीय विक्रम कुमार महताे रहेकाे ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीले जानकारी दिए । आज(विहिबार) बिहान सबा सात बजेतिर पश्चिमबाट पूर्वतर्फ गईरहेकाे ना. ३३ प ७५१३ नम्बरकाे माेटरसाईकललाई प्र. २-०३-००१ख ८१५ नम्बरकाे ट्रकले लालबन्दी नगरपालिका स्थित महेन्द्र राजमार्गकाे कालिञ्जाेर खाेलाकाे पूलदेखि केही पश्चिम ठक्कर दिएकाे थियाे । ठक्करबाट माेटरसाईकल चालक श्रवण एवं पछाडी सबार विक्रमकाे घटनास्थलमै मृत्यु भएकाे हाे । मृतकद्वयकाे शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाईएकाे प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
प्रनाउ कार्कीका अनुसार नियन्त्रणमा रहेका ट्रक चालकले माेटरसाईकलले ओभरटेक गर्ने क्रममा आफै चक्कामा परेकाे बताएपनि विस्तृतमा अनुसन्धान भईरहेकाे छ ।