लालबन्दी – मालबाहक १० चक्के ट्रककाे ठक्करबाट माेटरसाईकलमा सबार दुईजनाकाे घटनास्थलमै मृत्यु भएकाे छ ।
आज(विहिबार) बिहान सबा सात बजेतिर पश्चिमबाट पूर्वतर्फ गईरहेकाे ना. ३३ प ७५१३ नम्बरकाे माेटरसाईकललाई प्र. २-०३-००१ख ८१५ नम्बरकाे ट्रकले लालबन्दी नगरपालिका स्थित महेन्द्र राजमार्गकाे कालिञ्जाेर खाेलाकाे पूलदेखि केही पश्चिम ठक्कर दिएकाे ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएकाे छ । ठक्करबाट माेटरसाईकल चालक एवं पछाडी सबार एकजनाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनायाे । याे समाचार तयार पार्दासम्म सनाखत हुन नसकेकाे मृतकद्वय पुरुषकाे शव हाल प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा राखिएकाे र सदरमुकाम मलंगवा पठाउने तयारी भईरहेकाे प्रहरी नायव उपरीक्षक शान्तराम कार्कीले जानकारी दिए ।
प्रनाउ कार्कीका अनुसार नियन्त्रणमा रहेका ट्रक चालकले माेटरसाईकलले ओभरटेक गर्ने क्रममा आफै चक्कामा परेकाे बताएपनि विस्तृतमा अनुसन्धान भईरहेकाे छ ।