logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमतीको पुलमुनी बेवारिसे पुरुषको शव


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बागमती – सर्लाहीको बागमतीमा एक बेवारिसे पुरुष मृत फेला परेका छन् ।

सर्लाही र रौतहटको सीमास्थित बागमती खोलाको पुलमुनी मागी खाने हिँड्ने पुरुषको शव फेला परेको हो । तराई मुलको जस्तो देखिने अन्दाजी ३५÷४० वर्षका पुरुष पुलतल बुधबार बिहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

स्थानीयले मागेर खाँदै हिड्ने ती व्यक्तिको नाम, थर, ठेगाना नै थाहा नभएको बताएका छन् । प्रहरीले मृतकको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।