चन्द्रनगर – सर्लाहीमा पहिलो पटक जिल्ला स्तरीय मुसहर महिला सशक्तिकरण संजाल गठन गरिएको छ ।
सोमबार लालबन्दीमा आयोजित जिल्ला स्तरीय मुसहर महिला सशक्तीकरण सन्जालको सुदृढिकरण र दिगोपनाको लागि अनुशिक्षण कार्यक्रमबाट चन्द्रनगर २ बबरगन्जकी रिता कुमारी माझीको अध्यक्षतामा चन्द्रनगर, हरिपुर, बरहथवा र बसबरियामा गठित पालिका स्तरीय मुसहर महिला सशक्तिकरण मन्चका अगुवाहरुलाई समेटेर ७ सदस्यीय जिल्ला स्तरीय संजाल गठन गरिएको हो । संजालको उपाध्यक्षमा हरिपुरकी आशा देवी माझी सचिवमा बरहथवाकी सरीता माझी, कोषाध्यक्षमा बसबरियाकी सीतादेवी माझी, सहसचिवमा चन्द्रनगर पोखरिया टोलकी सुनिता माझी, सदस्यहरुमा हरिपुरकी पल्टनीया देवी र बरहथवाकी सम्झाबती माझी रहेका छन् ।
आगामी दिनमा संजालले दलित, माझी मुसहर समुदायको शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक लगायत मुद्दामा पैरवी गर्नेछ । अन्डेफको सहयोग तथा साप–नेपालको आयोजनामा संचालित कार्यक्रममा सहजिकरणगर्दै साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले संजालले आगामी दिनमा अति गरिव तथा विपन्न दलित, माझी मुसहरहरुको हक हित र अधिकारको लागी पैरवी गर्ने बताए ।

जातिय छुवाछुत तथा भेदभाव विरुद्ध अभियान संचालन गर्न, जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायहरुसँग समन्वय गर्न, दलित, माझी, मुसहर समुदायको शिक्षा, स्वास्थ्य, आय आर्जनमा पहुच पु¥याउन पैरवी गन संजाल सकृय रहने बताइएको छ । जिल्ला स्तरीय संजालकी अध्यक्ष रिता कुमारी माझीले संजालले जिल्ला तथा प्रदेसमा समेत गएर माझी मुसहरको हकहित र अधिकारको लागी पैरवी गर्ने बताए ।
वडा कार्यालय तथा नगरपालिकासम्म पुगेर मुसहर समुदायको उत्थान तथा विकासका लागि जनप्रतिनिधिलाई घच्घच्याउने लगायत काम गर्ने उहाँको भनाई छ । अन्डेफको सहयोगमा साउथ एशिया पाटनरशीप–नेपाल (साप नेपाल) को पहलमा मुसहर महिला सशक्तीकरण मञ्च अन्तर्गत चन्द्रनगर गाउँपालिका, बसबरिया गाउँपालिका, हरिपुर नगरपालिका र बरहथवा नगरपालिकामा ३२ वटा मुसहर महिला कृषक समूह गठन गरिएको छ ।
ती समूहमा एक हजार १६ सय मुसहर महिलालाई सहभागी गराई नेतृत्व क्षमता विकास, सामाजिक जवाफदेहिता, स्थानिय योजना तथा लैङ्गिक उत्तरदायी बजेट, आयआर्जन तथा जिविका सुधार योजना, सामाजिक मुल्य मान्यता, सामाजिक समस्या र समाधानका उपायबारे प्रशिक्षण दिदै आइरहेको साप–नेपालका कार्यक्रम संयोजक कार्कीले बताए । नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहीका अध्यक्ष रितुराज ऋिसीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय मुसहर संघ केन्द्रिय बरिष्ठ उपाध्यक्ष शिव सदाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दलित अगुवा पचुलाल माझी, पुनित पासवान, श्यामवावु माझी, पत्रकार जनार्जन खत्री, मुसहर महिला सशक्तिकरण मन्चका अगुवासहित ४५ जनाको सहभागीता रहेको थियो ।